Friday, May 11, 2012

तिमी छौ कहाँ

खोज्दै थियो घाम तिमीलाई बिहानीमा
सोधधै थियो जून पनी गोधुलिमा
भन न तिमी छौ कहाँ

रातले भन्थ्यो बेदनाका गीता सुनाउनुछ
दिन भन्थ्यो दुखेका यी ब्यथा पोखाउनुछ
हवालेनी खोजिरहेछ उडी आकाशमा
बदल्लेनी कुरीरहेछ परि क्षितिजमा
भन न तिमी छौ कहाँ

युगले भन्छ धर्ती-आकाश तिमी फेरिदेउ
माटो भन्छ कायापलट यहाँ गरिदेउ
ताराहरूले डाकीरहेथ्यो शुन्य आकाशमा
छालहरुले खोजी हिड्थ्यो अल्झी किनारमा
भन न तिमी छौ कहाँ        

Tuesday, January 3, 2012

जीवन भन्दा प्यारो


छरिनुछ लाली हटी यी अँधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो

बोलाउछ खोला झर्ना संगै रमुं
तिनै पहाड टेकी म गगन चुमुं
कहीं ढुंगे धारा कहीं छ पधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो

बसेको छ त्यहीं मेरो तन-मन
खसेको छ त्यहीं मेरो बालापन
म बगाउँ त्यहीं पसिनाको धारो
मलाई मेरो देश जीवन भन्दा प्यारो

लेक-बेसी ठाँटी पहाड छ छाती
मुस्काउछ हिमाल मेरै शीरमाथि
नझुक्छ कहिले सगरमाथा मेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो

Monday, October 31, 2011

कस्तो होला अचेल


जोरिपारिको भाकाहरु कस्तो होला अचेल
मलाई हेर्ने आँखाहरु कस्तो होला अचेल

सम्झनामा मात्रै रह्यो घर-गाउँ पानी पधेरो
बुकी फुल्ने पाखाहरु कस्तो होला अचेल

फेरियोकी जमानाले हाल-चाल रितीरिवाज
शिरमा लाउने ढाकाहरु कस्तो होला अचेल

आज सुनौ लाग्छ त्येही तिता-मिठा कुरा
भन्ने बुढापाकाहरु कस्तो होला अचेल

कैद पारियोकी कतै बालापन बिताएको ठाउँ
वरिपरिको नाकाहरु कस्तो होला अचेल

Monday, August 22, 2011

कुरा गरौँ

भो भेष फेर्ने कुरा यो धेरै
हामी देश फेर्ने कुरा गरौँ
नव देश हेर्ने कुरा गरौँ

पसिनामै बित्छ जूनी तर खाली हात
बेदनाका आँशुहरु पिईयो कति रात
सदियौंको दासत्व मेटाई
यो जीवन फेर्ने कुरा गरौँ

हेर भोलि आउँछ समताको बिहान
सोषण-निरंकुसको बनीकन चिहान
बर्षौं पछी यो आँशु पुछी
परिवेश फेर्ने कुरा गरौँ

Sunday, May 29, 2011

भोकाहरू

जति खान्छौ अझ खाउ भोकाहरू
जन मरी आफु अघाउ भोकारू

निमुखाको गाँस खोसी-खोसी हाँस
कति सक्छौ मुख वाउ भोकाहरू

ढुकुटी हो तिम्रै श्रम मात्रै हाम्रो
सकाउनु छ जति सकाउ भोकाहरू

भाँचिएको करङ टेकी-टेकी नाच
झुप्रो ढाली महल सजाउ भोकाहरू

झुल्किदैन फेरी भोलि तिम्रो घाम
अन्तीम चोटी आजै रमाउ भोकाहरू

Wednesday, March 16, 2011

चुपचाप मुख टाली जान्न सन्धी गर्न
बहादुरको शिर ढाली जान्न सन्धी गर्न

हुन्न स्वीकार कैलेपनि अब जाली खेलको
आफ्नै धुरी आगो बाली जान्न सन्धी गर्न

गलोस यो ज्यान ढलोस सहादत छ जीवन
कायर बनी ईज्जत फाली जान्न सन्धी गर्न

जहाँ मेरो अस्तित्वको बनेकोछ चिहान
त्यहा मुक्ति युद्ध थाली जान्न सन्धी गर्न

शहिदका आँखाहरु रुदैछ ती दसगजामा
कसम खाई तर्छु काली जान्न सन्धी गर्न

उठाएर कलम रातो लेख्नुनैछ ईतिहास
यी हातहरु पार्न खाली जान्न सन्धी गर्न

Monday, January 24, 2011

आधुनिक चङ्गा


जहाँ खस्यो त्यो चङ्गा
उथल-पुथल पार्यो धर्ती
जहाँ खस्यो त्यो चङ्गा
तहस-नहस बनायो जीवन

हाहाकार फैलायो जताततै |

नंगीय भिएतनाम
सर्बांगिए ईराक,त
बिचलित छ आज
उफ्गानिस्तान पनि
त्येही चङ्गा खस्दा

ह्वाईट हाउस,
यौटा प्रख्यात नाम
त्यो आधुनिक चङ्गा
सधैँ त्याहीं बाट उडाईन्छ|