Saturday, May 31, 2014

आशु झरी

पिरहरुको पाहाड भयाे हिमल भन्दा माथि
आशु झरी सगर बन्यो तरि जाउँ कसरी

अस्ताउदै गयो खुसि के झुल्केला अब
झर्‍यो आशा वईलायर डुब्याे खुसि जब
क्षितिज भन्दा पर दुख बिसाउने ठाटी
आशु झरी सगर बन्यो तरि जाउँ कसरी

फाटेकाे यो मनभित्र यौटा झिनो आश
बिहनिको प्रतीक्षामा अल्झियछ सास
उडिगय चाहाना त आकश भन्दा माथी
आँसु झरी सगर बन्यो तरी जाउँ कसरी  

Wednesday, January 22, 2014

धरोराको आसपासबाट फुत्केको बेलुन

एक दिन धरोराको आसपासबाट फुत्केको बेलुन
ट्युइन टावोरको आगनमा खस्न पुग्यो
तितरबितर मान्छेहरुको भिडमा |
र केहिछिनमै उ बेखबर भो
मानौ हरायो | हो उ साँचै हरायो 
निक्कै लामो समयपछि थाहाभयो
कुनै अल्पभशिले डोर्याउदै थियो
कतै लैजादैथियो
केहि समय राम्रो संगले राख्यो
सजयारै, तर बिडम्बना, पछि
हावा खुस्काइदियो उसको अनिच्छामै
फेरी उड्ने अवसर कहिल्यै मिलेन उसलाई
आजसम्म पनि|
उता हातमा धागो मात्रै, त्यै धागोमा
सम्झनाहरु बेह्री पर्खि बसेकहोलान
पश्चिम नियाल्दै ती नयनहरु
जुन हातबाट
म फ़ुत्कियको थियँ || 

Wednesday, January 15, 2014

बोर छ

जीवन छ रत रहर छ
ज्युनु छ रत कहर छ

स्वोप्नहरु सजिन्छ मनमनै
नदी छ रत लहर अछ

आफैं अपुरा सधैं ति मैदान
प्यासी छ रत नहर छ

फुल्छकी मन त्यो बस्तीमा
भीड छ रत शहर छ

क्षितिजमा संगै धर्ती आकाश
चुम्नु छ रत सफर छ

खुईया गन्तब्य उही झुपडी
पिडा छ रत जहर छ .

Wednesday, May 29, 2013

उस्तै रहेछ

अनुहार थोरै फरक चुच्चो उस्तै रहेछ 
आवाज थोरै फरक छुच्चो उस्तै रहेछ 

आय लिय अनी गय पुनोकै चाला
लावज थोरै फरक लुच्चो उस्तै रहेछ 

लाथ्यो किनार लाग्छ धरतीको मैलो
बन्धन थोरै फरक कुचो उस्तै रहेछ 

बल्लपो बुझियो पर्दा पछाडिको खेल
खेलाई थोरै फरक गुच्चो उस्तै रहेछ

Wednesday, February 27, 2013

केवल हेरीदिन्छ


बगिरहेछ,बगिरहेछ खोला सरि यो जीबन
नत छेक्न सक्छ, नत रोक्नै सक्छ
केवल हेरिदिन्छ यी आँखा

आज,जे छ जति छ, मान ठिकै छ
भोलि त्यो एउटा कल्पनामा छ
समय,यो समयको आफ्नै गतिछ
झम-झम त्यो वर्षा झैं झरिदिन्छ जीबन
नत छेक्न सक्छ, नत रोक्नै सक्छ
केवल हेरिदिन्छ यी आँखा

मुस्कान, ओ मुस्कान खोजिरहेछ नयन
आधार,यो आधार भिजिदिन्छ हरदम
न कसैले सुन्छ दर्द, न कसैले देख्छ
पल-पल पल-पल जलिरहेछ जीबन
नत छेक्न सक्छ, नत रोक्नै सक्छ  
केवल हेरीदिन्छ यी आँखा

यो माटो छ


उ छ,तिमी छौ,अनित छु म
छ यो धर्ती,यो माटो छ
जीबन अनित  छ हाम्रो

जाऔं त्यो भिड छिचोलेर पर
बनाऔं नयाँ सृजनाको घर
अध्यारो छ जहाँ चलायारा ज्योति
दमनको कालो जलायारा बस्ति

हिमाल भन्दा अटल त्यो छाती
चालौं पाइला पुग्छ शिखर माथि
खोजि मिल्न गार्हो यौटै चिज राम्रो
लुकेकाछन भाग्य यी हातमै हाम्रो  

Thursday, September 27, 2012

गयो गिन्दगी


सपना जस्तै आएर गयो जिन्दगी
हजार ठकर खयर गयो जिन्दगी

खोज्थे सुनको बिहान यी नानीहरु
व्यर्थै दुख पायर गयो  गिन्दगी

थाके कति लडे जीवन संघर्ष मा
प्यासी ओठ बाएर गयो जिन्दगी

के भरोसा थियो आखिर बैसासित
झुटो माया लायर गयो गिन्दगी