Thursday, December 31, 2009

आकाश भन्दा

आकाश भन्दा माथिको कुरा
फिजीए जाति-जातीको कुरा

उदाउँछ पक्कै सुनौलो भोली
एस्तो छ कालो रातिको कुरा

बालेरै छाड्छौं नवदीप हामी
सुनाहै आउने तांतिको कुरा

मलाईनी मोति हार चाहियो
सोच्दैन नानाभातिको कुरा

महल,एस चाहाहियो मलाई
लौ,सुन पुजी बादीको कुरा

रहेपो माटो बच्छौं त हामी
सुन ए साथी साथीको कुरा

Saturday, December 26, 2009

दुखेकोछ यो गाउँ

लामो खडेरीमा परि सुकेकोछ यो गाउँ
हजारौं त्यो बेदनामा दुखेकोछ यो गाउँ

सुन्दर थियो प्रकृतिको एउटा सानो अंग
बुढो बोटको छायाँमा झुकेकोछ यो गाउँ

दिक्क भाछ सुन्दा-सुन्दा मुक्तिका कुराहारु
मुखियाको मुट्ठी भित्रै लुकेक्कोछ यो गाउँ

जन्माउनत कयौ कुबेर जन्माएथ्यो उसले
आफू भने गरिविमै चुकेकोछ यो गाउँ

बेमौसमको भेलहरु उर्लिदिदा घरि-घरी
बग्दै कैले सिमापारी पुगेकोछ यो गाउँ

Monday, December 21, 2009

उसैलाई सलाम

जोछन् मारीकन जिउँदो उसैलाई सलाम
जोछन् आशुघुक्टो उसैलाई सलाम

चम्काउनलाई नौलो तारा आज आकाशमा
जोछन् ज्यूने पुछी स्यूदो उसैलाई सलाम

मरिसक्यो भन्थे सबै रैछ कोहि जिउदा पनि
जोछन् बाच्ने वानी हिउदो उसैलाई सालाम

आऊ द्रुत गति लिई बुढो पात झार्नु पर्छ
जोछन् फाट्दा मुटु सिउदो उसैलाई सलाम

मेटिदैछ निरंकुसले सिंगारेको लक्ष्मनरेखा
जोछन् सिमा कोर्ने जयूदो उसैलाई सालाम

Monday, December 14, 2009

रोज्दै छु म

रोज्दै छु म घामको रंग
सोंच्दै छु म नामको रंग

लुटिएको थिएँ यहीं
खोज्दै छु म दामको रंग

पुर्याउनु छ संदेश आजै
रोज्दै छु म खामको रंग

रोपियो धेरै पसिना त
खोज्दै छु म मामको रंग

तर सबै रातो हुनुपर्छ
सोंच्दै छु म कामको रंग

फुल्नु छ मलाई

भोलिको फूलको मन्जरी हुँ फुल्नु छ मलाई
शिक्षको बागमा रमाउदै भुल्नु छ मलाई

फुलेर झर्छु हासेर मर्छु प्राकृतिक आगन
समय संगै फेरिदा पात तामस नभन
मेची र काली ब्युझाउदै डुल्नु छ मलाई

शिरमा खेल्ने त्यो कालो बादल हटाउछु
गाउँ-गाउँमा एहिनै संदेश पठाउँछु
फुलेर फल्छु डाली-दालिमा झुल्नु छ मलाई

यी साना पाइला शिखर टेक्ने अठोट छ मेरो
जोगर्छ सधैं माटोको माया ऊ देसको माली हो
सत्यको गीत बनेर सधैं खुल्नु छ मलाई

Tuesday, December 8, 2009

समान कैले हुन्छ

कर्णाली र कान्तिपुर समान हुन्छ कैले
कन्चंपुरी कमैयाले शिखर छुन्छ कैले

कसको मुटु नदुख्ला र खोकु छिन्तांग रुदा
इतिहासले कालो मुख फेरि धुन्छ कैले

रगतमा लात्पतिई माटो बोल्दैथियो
समाजले अहिम्सालाई अब चुन्छ कैले

हावालाई आवा थपे तुफान बन्छ जरुर
अज्झ आंधी नचलाए बैरी रुन्छ कैले

कालापानी बेहोसिमा रुदै थाक्ने भयो?
जन्मिएर योद्दा हरु सीमा घुम्छ कैले

Friday, December 4, 2009

फुलाउनु छ

फुलाउनु छ फूल अनि काँडा पनि तिखार्नु छ
किराती हो सृजनाले धर्ती लाइ सिंगार्नु छ

किस्मतलाई रोपेरनै साचेका छौँ आस्था हरु
धान च्याभ्रुं साकेला लाई जोगाउने बाचा हरु
हसाउनु छ खोकु छिन्तांग बगाउनु छ टिस्टा
किराती हो उठा अब गुथि हिउँको फेटा

येलाम्बर ले उठाएका धनुस अझै थाति नै छ
भिरेका ति थोक्रो हेर तिर बाकि नै छ
हसाउनु छ हिमाल पहाड तराई रसाउनु छ
किराती यो आगनमा जून बसाउनु छ

Saturday, November 28, 2009

ढुंगा हान्छु म

प्रतिकुल्ता गाउने काग लाई ढुंगा हान्छु म
जाडो बोकी आउने माघ लाई ढुंगा हान्छु म

चिथोरेर प्रकृतिलाई ओकलिंछ खुन यहाँ
ठुलो मुख वाउने बाघ लाई ढुंगा हान्छु म

लुटीएर एकै छिन्मा नंगिएको शरीर हुँ
लुटी-लुटी पाउने भाग लाई ढुंगा हान्छु म

मरे कति श्वोप्नाहरु विषालु त्यो डासाई मा
खुन चुस्न धाउने नाग लाई ढुंगा हान्छु म

बगे धेरै नयन बाट रगतका बूँद हरु
विबस्तामा छाउने दाग लाई ढुंगा हान्छु म

Thursday, November 26, 2009

कसरी विश्वास गरौँ ?

खै कसरी विश्वास गरौँ खालि तिमीलाई
दुनियाँले भन्दा रै'छ जाली तिमीलाई

गोडमेलको बाहानामा भाँची लान्छौ डाली
भन्दैन रे फूलहरुले माली तिमीलाई

फिजीदै छ हल्लाहरु कान्तिपुरीभरि
नयाँ माली बोलाऊ भन्छ फाली तिमीलाई

रमाउछौ रे रातमा नै अश्लिलतामा सधै
घामले पनि भन्छ छैन लाली तिमीलाई

जालाउनै पर्छ भन्छन् ब्यभीचारी भण्डारहरु
खोज्दै छ रे नवदीप बाली तिमीलाई

जाऊ तिमी

जाऊ सिङ्गो भूगोल तिमी घुमेर आऊ
जाऊ मृत बस्ती तिमी चुमेर आऊ

घाम-पानीमा रमाउछन् इन्द्रेणीको लर्को
जाऊ निमूखका हूलमा तिमी झुमेर आऊ

दुई थोपा रगत पोख यो धर्तिको निम्ति
जाऊ माटोको निम्ति तिमी गुमेर आऊ

रातै छ

रातै छ काम् मेरो
रातै छ नाम् मेरो

सुनहै बाजे र च्याप्ज्यू
रातै छ घाम् मेरो

छातिमा रोप्छु लाल झन्दा
रातै छ धाम् मेरो

रक्तिम शन्देश पठाउदैछु
रातै छ खाम् मेरो

बैरी को बार भात्काउनेछौ
रातै छ लाम मेरो

कति ठूलो सुन्दर महल

कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो
घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो

घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा
धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो

विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि
तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो

गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा
दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो

जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ
धेरै ब्याज पकाउने तिम्रो त सावै राम्रो

अन्तिम पत्र

यही अन्तिम पत्र होला सायद उनको निम्ति
रुप फेर्दै चैन लुट्ने त्यही जूनको निम्ति

निर्वस्त्र नै घुमिरा'छन् अझ निर्लज्ज ऊ
अब भाउ लाइन्न बेकारको सुनको निम्ति

'खटटट…हुक्का' अनि पुयाँक्छन् कालो धुँवा
फेरि कान थापिन्न कोलाहल त्यो धुनको निम्ति

झुप्राहरु जल्दैछन् रे निर्धाहरु मर्दैछन् रे
झुमिदैनन् रङ्गमंचमा अब कोही खुनको निम्ति

उसलाई भनी उपमा तिखार्दैछु काँडा म'नि
सुताएर थाङ्नामा जलाएको गुनको निम्ति

आँखा खुल्दा

त्यो क्षितिज अनि लालीहरु
अगावै कैदी भइसकेको थियो
आँखा खुल्दा ।

छेकिसकेका थिए नीलगगन
ठिह छर्ने हुस्सुहरुले
पवनलाई सुसेल्ने
वृक्ष-हाँगाहरु छाडी ती चिडिया
बसाइँ सरिसकेका थिए
आँखा खुल्दा ।

प्रीतिहरुको घातले
घातहरुको लातले
रात पिएर
माती सकेको थियो जगत
आँखा खुल्दा ।

हो कि जनजाती

हुल बाँधी कता सुन त ए साथी
लाग्छ यो लाम हो कि जनजाती

काम कुरो छ यता कुम्लो बोकी कता ?
छाड्यौ रीतिरिवाज ? देख्छु नानाभाती

कहाँ छ त बराजुले सिगारेको झुप्प्रा ?
खोज्नलाई उठ होउ अब माझकिराती

फरिया र चोलीहरु फाटिसक्यो भन्छन्
आधुनिकता आयो भन्दै चट्ट कोरीबाटी

आज कोकपा भन्दै थियो कहा रोप्यौ मुन्धुम
फुलाएर फलाउनु है सुन मेरो नाति

झुल्काउनै छ घाम नयाँ बर्ग संघर्सको
पुग्या छैन पाइला हाम्रो अझै सिखरमाथि

आँसु खस्ने कथा

बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा
बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा

छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा
कर्तुतलाई लुकाएर महात्माको नाउँमा
बन्दुक फेरि पड्किदैछ सुन्छु खबर
पाइला-पाइला सधैं गर्नु तिमी पहरदार

अनायासै छिया कति ममताको छाती
मुनामै सेरिदा ती नाबालक घाँटी
गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ
क्षितिज पारि लालीमा'नि तिमीबिना तड्पी रा'छ