Saturday, November 28, 2009

ढुंगा हान्छु म

प्रतिकुल्ता गाउने काग लाई ढुंगा हान्छु म
जाडो बोकी आउने माघ लाई ढुंगा हान्छु म

चिथोरेर प्रकृतिलाई ओकलिंछ खुन यहाँ
ठुलो मुख वाउने बाघ लाई ढुंगा हान्छु म

लुटीएर एकै छिन्मा नंगिएको शरीर हुँ
लुटी-लुटी पाउने भाग लाई ढुंगा हान्छु म

मरे कति श्वोप्नाहरु विषालु त्यो डासाई मा
खुन चुस्न धाउने नाग लाई ढुंगा हान्छु म

बगे धेरै नयन बाट रगतका बूँद हरु
विबस्तामा छाउने दाग लाई ढुंगा हान्छु म

Thursday, November 26, 2009

कसरी विश्वास गरौँ ?

खै कसरी विश्वास गरौँ खालि तिमीलाई
दुनियाँले भन्दा रै'छ जाली तिमीलाई

गोडमेलको बाहानामा भाँची लान्छौ डाली
भन्दैन रे फूलहरुले माली तिमीलाई

फिजीदै छ हल्लाहरु कान्तिपुरीभरि
नयाँ माली बोलाऊ भन्छ फाली तिमीलाई

रमाउछौ रे रातमा नै अश्लिलतामा सधै
घामले पनि भन्छ छैन लाली तिमीलाई

जालाउनै पर्छ भन्छन् ब्यभीचारी भण्डारहरु
खोज्दै छ रे नवदीप बाली तिमीलाई

जाऊ तिमी

जाऊ सिङ्गो भूगोल तिमी घुमेर आऊ
जाऊ मृत बस्ती तिमी चुमेर आऊ

घाम-पानीमा रमाउछन् इन्द्रेणीको लर्को
जाऊ निमूखका हूलमा तिमी झुमेर आऊ

दुई थोपा रगत पोख यो धर्तिको निम्ति
जाऊ माटोको निम्ति तिमी गुमेर आऊ

रातै छ

रातै छ काम् मेरो
रातै छ नाम् मेरो

सुनहै बाजे र च्याप्ज्यू
रातै छ घाम् मेरो

छातिमा रोप्छु लाल झन्दा
रातै छ धाम् मेरो

रक्तिम शन्देश पठाउदैछु
रातै छ खाम् मेरो

बैरी को बार भात्काउनेछौ
रातै छ लाम मेरो

कति ठूलो सुन्दर महल

कति ठूलो सुन्दर महल तिम्रो त नावै राम्रो
घुम्ने मेच पनि रै'छ तिमी बस्ने ठावै राम्रो

घुसखोरी जे गरे'नि देश प्रेम छ भाषणमा
धेरै पाले पहरा छ तिमी बस्ने गावै राम्रो

विकासभित्रै पर्छ नि त्यो भ्रष्टाचार पनि
तस्करीलाई लुकाउने तिम्रो त दावै राम्रो

गाँस बासको मीठो आश दिएकै छौ विपत्तिमा
दुवै हात लड्डु मिल्ने तिम्रो त भावै राम्रो

जनताको सेवामा त त्यसै पेट लाग्दो रै’छ
धेरै ब्याज पकाउने तिम्रो त सावै राम्रो

अन्तिम पत्र

यही अन्तिम पत्र होला सायद उनको निम्ति
रुप फेर्दै चैन लुट्ने त्यही जूनको निम्ति

निर्वस्त्र नै घुमिरा'छन् अझ निर्लज्ज ऊ
अब भाउ लाइन्न बेकारको सुनको निम्ति

'खटटट…हुक्का' अनि पुयाँक्छन् कालो धुँवा
फेरि कान थापिन्न कोलाहल त्यो धुनको निम्ति

झुप्राहरु जल्दैछन् रे निर्धाहरु मर्दैछन् रे
झुमिदैनन् रङ्गमंचमा अब कोही खुनको निम्ति

उसलाई भनी उपमा तिखार्दैछु काँडा म'नि
सुताएर थाङ्नामा जलाएको गुनको निम्ति

आँखा खुल्दा

त्यो क्षितिज अनि लालीहरु
अगावै कैदी भइसकेको थियो
आँखा खुल्दा ।

छेकिसकेका थिए नीलगगन
ठिह छर्ने हुस्सुहरुले
पवनलाई सुसेल्ने
वृक्ष-हाँगाहरु छाडी ती चिडिया
बसाइँ सरिसकेका थिए
आँखा खुल्दा ।

प्रीतिहरुको घातले
घातहरुको लातले
रात पिएर
माती सकेको थियो जगत
आँखा खुल्दा ।

हो कि जनजाती

हुल बाँधी कता सुन त ए साथी
लाग्छ यो लाम हो कि जनजाती

काम कुरो छ यता कुम्लो बोकी कता ?
छाड्यौ रीतिरिवाज ? देख्छु नानाभाती

कहाँ छ त बराजुले सिगारेको झुप्प्रा ?
खोज्नलाई उठ होउ अब माझकिराती

फरिया र चोलीहरु फाटिसक्यो भन्छन्
आधुनिकता आयो भन्दै चट्ट कोरीबाटी

आज कोकपा भन्दै थियो कहा रोप्यौ मुन्धुम
फुलाएर फलाउनु है सुन मेरो नाति

झुल्काउनै छ घाम नयाँ बर्ग संघर्सको
पुग्या छैन पाइला हाम्रो अझै सिखरमाथि

आँसु खस्ने कथा

बिर्सियौ कि सपुत हो सुन्दै आँसु खस्ने कथा
बिर्सियौ कि आमा-दिदी छाती ठोक्दै रो'को व्यथा

छिर्दै छन् रे स्यालहरु फेरि गाउँगाउँमा
कर्तुतलाई लुकाएर महात्माको नाउँमा
बन्दुक फेरि पड्किदैछ सुन्छु खबर
पाइला-पाइला सधैं गर्नु तिमी पहरदार

अनायासै छिया कति ममताको छाती
मुनामै सेरिदा ती नाबालक घाँटी
गरिमा र उषा पनि तिमीलाई नै पर्खी रा'छ
क्षितिज पारि लालीमा'नि तिमीबिना तड्पी रा'छ