Monday, December 20, 2010

जीवन बितीसकेछ

साची राँखु भन्थे मत
जीवन बितीसकेछ पर्देशैमा
औंलाहरू भाँच्दा भाँच्दै

तोलाउँदो होला नजर
बुढा बा र बुढी आमा बाटो हेरेर
रसाउँदो होला आँखा दिनहरु गन्दा-गन्दै

मेरी सानी उनि पनि
भिजाउँछेकी आधार मनको बाँध फुटाई
बिछ्याउँदि होलि नजर प्रतिक्षाको घडी हेरी

सजायका मिठा स्वप्ना
आँखाबाटै बिलिनेभो राता संगै
फेरिएछ समय लोउ फुलाउँ भन्थे केहि फूल

Monday, December 6, 2010

कुरो मात्रै भो

कान्ति छाउने त कुरो मात्रै भो
शान्ति आउने त कुरो मात्र भो

देश भन्दा त भयो कुर्सि ठुलो
गाउँ बनाउने त कुरो मात्र भो

दुख्दछ उस्तै घाउ पुरानो
मलम लाउने त कुरो मात्र भो

मर्दैछ किन जन रात-दिन
हिम्सा हराउने त कुरो मात्र भो

हुनेछ अझै अब रण हुन्छ
हक पाउने त कुरो मात्र भो

Monday, November 15, 2010

महसुस


दर्पण हेर्दाहेर्दै बुढो भईएछ
दौरा फेर्दफेर्दै बुढो भईएछ

आएरनी जवानी गयो नपर्खी
ख्याल गर्दागर्दै बुढो भईएछ

सादा रहेछ जीन्दगीको पाना
रङ्ग भर्दाभर्दै बुढो भईएछ

कतै माया बैंसको कतै पैसाको
रुमाल भिर्दाभिर्दै बुढो भईएछ

आउलाकी कोहित,बैरांगिको साथ
बाटो कुर्दाकुर्दै बुढो भईएछ

Monday, November 8, 2010

शन्देस

बिन्ति छ है घर सम्झी फिर लाहुरे हो
बिचारको लगाम अब भिर लाहुरे हो

बुढा बा र बुढी आमा जहान बाक-बच्चा
बगाउँदोहो आँखाबाट नीर लाहुरे हो

लाग्दैनर आफ्नै माटो प्यारो तिमीलाई
नभुलहै बहादुर,ए बीर लाहुरे हो

गाँस मिठो तिम्रो होइन पिठोमाछ जीवन
गुलामिमै नाझुकाउहै शीर लाहुरे हो

चुहिंदैपो छकी कतै भत्किएर घरको धुरी
अभावको रातहरु चिर लाहुरे हो

Sunday, October 31, 2010

यादले

पोल्यो छाती हरघडी घरको यादले
उनै पुज्य पिपलु र बरको यादले

जीर्ण छकी मेरो जीवन लेखने हात
पोल्यो आगो भन्दानी चर्को यादले

छटपटीमा छकी आफै प्यासले धारा
मर्यो लौन पधेंरिको अर्को यादले

उध्रिएको छानोबाट खिज्याउँछकी बादल
दुख्यो मुटु धुरी फाट्या खरको यादले

Sunday, October 24, 2010

कर्तब्य

तिमीले दिएको भोटो फाटेको छैन
लगाई राखेकोछु साटेको छैन

भन्ने गर्थौ सँधै यही माटो तिम्रो
बचन त्यो कैले काटेको छैन

भान्यौ सँधै आफ्नै पाखुरीमा बाँच्नु
पिई तिम्रो बोलि मातेको छैन

स्विकारछ मलाई जो दियौ तिमीले
त्यो बाहेक त केहि आँटेको छैन

शिरैमाछ पापा उपदेश त्यो तिम्रो
धारो-धर्म मैले ढाँटेको छैन

Sunday, October 17, 2010

अझै

कहीं गाँस छैन
कहीं बास छैन

ओढाछ आकाश
सरो कपास छैन

खचाखच बस्ती
मान्छे खास छैन

दाउ मेरो परोस
त्यो त तास छैन

कति रोपेँ फूल
मधुमास छैन

टुक्रीदैछ मुटु
बाच्ने आश छैन

गरीब मर्छ कहाँ
कतै लाश छैन

Wednesday, September 8, 2010

रोदुङ ची

कति बस्छौ झुकेर उठ रोदुङ ची
अस्तित्वको खोजीमा जुट रोदुङ ची

नियतीको दोस होइन भोगिएका दिन
सोषण र अत्याचारलाई कुट रोदुङ ची

फकाएर रुख चढाई अनि फेद काटछ
दलालको फन्दाबाट छुट रोदुङ ची

जनाधिकार सबैलाई हुनुपर्छ सरोबरी
बिकृती,विसंगतीलाई भुट रोदुङ ची

भेद-भाब छैन भन्छ तर जात खोज्छ
समताको मूल बनी फुट रोदुङ ची

Tuesday, August 24, 2010

हालत


सुस्तैछ भोकमरी कराउने लहर
उस्तैछ गरिबी हराउने शहर

नहुनेलाई के रत के दीन भो
हुने फोर्छ मात भराउने जहर

छिन-छिनै बर्षीने गरिबकै बर्षा
यहीं बग्छ बदनाम गराउने नहर

रुचाएर बस्छ शीरमा कालो बादल
झुल्किएन जीवन फहराउने पहर

मृत्यु भोग्दै कति जीउँ जिन्दगी
भयो पुग्यो मुटु चहराउने रहर

Tuesday, August 3, 2010

माटो बोल्दैछ

भन्छ ज्वांला पिउछु र
आगोनै बन्छु
जलाउनु छ जल्लाद हरुलाई

भन्छ गोलि निल्छु र
बन्दुक बन्छु
सिध्याउनु छ सामन्ती हरुलाई

र भन्छ पानि छोएर
बर्षाउँछु एउटा बर्षा
पखाल्नु छ छाती मेरो
रगतले पोतिएको शरीर मेरो
मुहार फेर्नुछ मैले
माटो बोल्दैछ |

Monday, July 26, 2010

संका

झन्-झन् पर सर्छकी त्यो दीन
लाग्छ त्यसै टर्छकी र्यो दीन

चिचिला झैँ गर्मि यामको
कुहिएर झर्छकी त्यो दीन

पाउलिँदो रहेछ दमन
धरापमा पर्छकी त्यो दीन

चयन नै छ सासकलाई
आफ्नै पेटमा भर्छकी त्यो दीन

जन बोल्छन सम्भिधन
मजन्मिंदै मर्छकी त्यो दीन

Tuesday, July 20, 2010

आग्रह

मेची तरी नजाऊ काली तरी नजाऊ
यहि माटो तिम्रो दुत्कारी नजाऊ

परईको माटो प्यारो कहाँ हुन सक्छ
यहाँ जस्तै गुराँस त्यहाँ कहाँ फुल्न सक्छ
बसाई सरि नजाऊ हिमाल तरी नजाऊ
यहि माटो तिम्रो दुत्कारी नजाऊ

शिर फूल हिमाल,सगर आफ्नो तिम्रै
सुन फुल्ने पाखा पखेरा यो तिम्रै
घरै छोडी नजाऊ बाटो मोदी नजाऊ
यहि माटो तिम्रो दुत्कारी नजाऊ

म कथाको पात्र

जीवन नैत कथा म कथाको पात्र
बनाउछ जो कथाले मत त्यति मात्र

हो कथाले भने जस्तै तिरै-तिर हिड्छु
तिर्खाएको बगरलाई पसिनाले छिटछु
यात्रा नैत कथा म कथाको पात्र
बनाउछ जो कथाले मत त्यति मात्र

कतै छायाँ जिन्दगानी अनि कतै घाम
उनै मेरी आमाले नै लेखेकी यो नाम
जीवन नैत कथा म कथाको पात्र
बनाउछ जो कथाले मत त्यति मात्र

Tuesday, July 13, 2010

मेरो देश

बेखबर भो आज मेरो देश ।
तुल्य बगर भो आज मेरो देश


कहीँ-कतै मन छैन न्यानो पना,
शित लहर भो आज मेरो देश ।

पुजीबाद्को भेल्ले बगाएछ जीबन,
मृत नगर भो आज मेरो देश ।

अभावको खडेरीले सुक्यो मानब मूल,
खालि नहर भो आज मेरो देश ।

हैकमीले फूटाएछ कयौं बिष घैला,
केवल जहर भो आज मेरो देश ।

Monday, July 5, 2010

जीवनहरु

उखिली फालीदिएकाछ्न
मन्जरी हरु
चुडालीदिएकाछन
कोपिला हरु र
निर्बस्त्र पारेकाछन
फूलहरुलाई |
सदियौं देखि
सर्बांग लुटीई
जिर्ण जीई रहेकाछन
आजपनि
बलात्कृत फूलहरु
मुस्कान खोसिए पनि
वासना लुटीए पनि
कुल्चिए पनि लत्याए पनि
धैर्यको बाँध फूटाउदैना
निर्धक्क फुलिरहन्छ
ती फूलहरु
जीवनहरु |

Wednesday, June 23, 2010

के हुदैछ

के हुदैछ हिज आज गरिबको बासको कुरा
साँझ-बिहान हातमुख जोड्ने एक-दुई गाँसको कुरा

जनाधिकार चल्छ भन्थ्यौ सोषण-दमन ढल्छ भन्थ्यौ
के भयो खै जाल-झेल हुने पर्दा फासको कुरा

सर्बहाराको पक्षपति भन्नलाई त भन्थ्यौ त नि
खोइ त आज आङ् ढाक्ने एकसरो कपासको कुरा

उस्तै छत अझैपनि ओठमा कलेटी हरु
कता पुग्यो बन्झाडिमै हराएको लाशको कुरा

यहाँ मृत्यु भोगीरहेछ अभाबले जनहरु
तर तिमी चलाउँछौरे जुवा घरमै तासको कुरा

Thursday, June 17, 2010

एस्तो प्रण

नेपाली हो नेपालले एस्तो प्रण गर्दैछ है
सारा जनस्रमहरु आफ्नै नाममा दर्दैछ है

गरीबको गाँस खोसी मस्ती लुट्छ महलमा
रास्ट्रको त्यो ढुकुटीले आफ्नै घर हर्दैछ है

गोही आँसु देखाउँछन जनघाती आँखाहरु
नीज स्वार्थ पुरागर्न रातारातै चर्दैछ है

डुल्छ कुटील नजरमा मान्छे बेच्छ बजारमा
कलोकर्तुत लुकाउन दक्षिण शरण पर्दैछ है

Thursday, June 3, 2010

घाम झुल्किने मेरो देश

प्रकृति छटाले भरिएको
छ एक हराभरा धर्ती त्यहाँ
छ स्वछ्न्दताको आकाश
छन् विचारका पहाडहरु
सुस्केरा हाल्छ पवन उपबनहरुमा
जहाँ फुल्दैछ जीवनहरु
बन पाखा पखेरामा
झुमीईरहने नाख्बेली
खोला अनि झर्ना
सुमुधुर संगीतमय साउतिमा
दोभान कतै त्रिबेणी हुदै
बग्दो छ एकनास |
देउराली भन्ज्यांग अनि चौतारी
लेक बेसी घुम्दै गाउँदैछन्
हाकपारेमा छिमेकीहरु
फुपोई नानाहरु फुलाउँदैछिन
बुकी बुँङाहरु
मामासिम्माहरु भर्दैहुनुहुन्छ वासिम
वाबुहरुमा ,
कोप्पा कोकुहरु रिसिहवा गाउँनुहुन्छ
मुन्धुममा,
पापा-बाबैहरु ढोल-झ्याम्टा बजाउँदै
सिली टिपी नाच्नुहुन्छ
साकेलामा
आफ्नै उभौली उधौलिमा
हो त्यहिँ हो माझकिरात
घाम झुल्किने मेरो देश ,
म घुम्दैछु त्यही
भन्ज्यांग चौतारी अनि
थुम गढ़ीहरु
भिरी धनुस बाण
एलम्बरको नासो
आदिबासी फूलहरुलाई
भाँचिदियोकी कसैले ?

Wednesday, May 26, 2010

बचन छ मेरो

अब युग फेर्ने बचन छ मेरो
नब युग हेर्ने बचन छ मेरो

क्रान्तिको ज्वाला उप्काउँदैछु
दरबार घेर्ने बचन छ मेरो

फैलियछ धेरै बनमारा सारै
निर्मुल पार्ने बचन छ मेरो

ज्युदै रहे त्यो खुनको प्यासी
तिनलाई सर्ने बचन छ मेरो

झुल्काई अनि सुनौलो बिहान
स्वागत् गर्ने बचन छ मेरो

Wednesday, May 19, 2010

उही पूज्य हरुप्रति

प्रणाम,प्रणय,सदा,सर्बदा
उही पूज्य हरुप्रति
साँसटांग सहित |
पहाड छाती र धर्तीको काख लत्याउदै हुर्केको म,ऋणी छु ममता र सत्भाब्को सधैँ|
त्यहि अँधेरी मझेरीमा हराँउदै मृत्युको संघार झेल्दै सृसटि दिनुभो पसिनाको घुट्की पिउदै पटुकीले पेट कसी जीवन दिनुभो सन्सार हेर्ने आँखा दिनुभो हिड्ने बाटो देखाउनुभो र त यी अबोध पाइलाहरु अगाडी बढाउंदैछु आज, यी कोमल नयनहरुले
सन्सार नियाल्दैछु |बिस्तारै हिड्दैछु|अलि-अलि चिन्नथालेको छु संस्कारका रङ्ग हरु र छुट्याउन थालेकोछु चारित्रिक नियतहरु | लाग्यो यो संसारमा श्रमदेवहरु भोकै मरेकाछन|जसले पसिना बगाउँछ उसको जीवन लिलाम हुन्छ |ठालुकै राज हुन्छ यहाँ
हाम्रै पसिनामा पौडी खेल्छन सासक, शिर कुल्चीयर हिड्छ हाम्रै |त्यहि कुसंस्कारको छायाँमा परेकाछौ हामी र त्यो कालो बादल अझै हाम्रो शिरमाथि खेलीरहेकोछ हो त्यो बेहिसाबी संस्कारहरु चिन्न थालेकोछु|
त्यसैले त्यो कालो बादल हटाउने तुफान ल्याउनुछ,अँधेरी रत चिर्ने बिहानी ल्याउनुछ यहाँ
बर्षौंउनुछ एउटा बर्षा र पखाल्नुछ सारा युगको मैलो |
आशुले भिजेका अधरहरुमा मुस्कान ल्याउने कसम छ मेरो
हर जनस्पन्दन्मा छाउने अठोट छ मेरो | दु:ख नमान्नु होला!
हजुरहरुको नजर भन्दा केहि दुर संघर्सको मैदानमा छु म तर मेरो हर धड्कनमा हजुरहरुनै संधै
पहाड अनि धर्तीको साथ् बिना कहाँ बाचन सकछुर म
म आउँदैछु छिट्टै हजुरहरुको समीपमा त्यो बिहानी लीयर
त्यो मुस्कान लीयर समताको नौलोसंसार लीयर
म आउँदैछु, आउँदैछु म नाबयुग लीयर|||

Thursday, May 6, 2010

छैन अझै

एक-दुइ बुढो पात झर्या छैन अझै
बिष फाल्ने बोटहरु मर्या छैन अझै

मेटिएको छैन चोट घाउ निलडामहरु
सोषण दमन रति पर सर्या छैन अझै

उस्तै आयो खडेरी त यसपालीपनि
आफै प्यासी कुवा घैंटो भार्या छैन अझै

चुला-चौका मझेरिको बेथाथियो उस्तै
त्यहाँ ज्योति बिहानीले छार्या छैन अझै

उदास थियो दिनपनी रात कस्तो होला
उदाउँदो घाम त्याँहा पर्या छैन अझै

Sunday, April 25, 2010

बिहानीलाई डाक

डाक ए युवाहरु बिहानीलाई डाक
बिहानिकै रङ्गहरु सजाएर राख

रगत र पसिनाले सिन्चेकाथे पाखाहरु
अधेरिमा रुदैछहै पुर्खाका ती आँखाहरु
सल्काइदेउ अँधेरीमा दीप लाख-लाख
बिहानिकै रङ्गहरु सजाएर राख


मौलायर दिन-दीनै तेजाबिती सुनहरु
अस्ताउँदै गयकोछ समताको जूनहरु
हिस्सा फिर्ता लिनुछ लौ जाग-तिमी जाग
बिहानिकै रङ्गहरु सजाएर राख

Wednesday, April 21, 2010

कुनै छेउ

भूगोलको कुनै छेउ एक मेरो देस
नेपालीहुँ दौरा-सुरुवाल टोपी मेरो भेस

चुल्ठोभरि फुलाउँछन् दिदी लालीगुराँस
चौबन्दीमा खुलाउँछन् नाकबेली केस

भिर पाखा पखेरिमा हिमालको छायाँ
त्यहि पाखाको मायाँ लौ लाग्छ अनिमेस

बनाउनु छ बाटो यहि डोर्याउनुछ जीवन
डटछु खट्छु यहिँ मत लागेपनि ठेस

दसै नंग्रा खियाएर उर्बराउँछु माटो मत
सिस्नु साग खोले-फाडो लाग्छ सारै बेस

Monday, April 12, 2010

पुज्य बरपीपल

असार साउनमा सर्बांग भिजेर
पुस-माघको सितलहरमा कथंग्रींदै
चैतको हुरीमा लछारिंदै-पछारिंदै
भोगाईको उकालीमा
मात्र आकाश ओढेर
तीनबिस हिउद चढिसकेका छन्
मेरो पुज्य बरपीपल
आज भालेको पहरसंगै उठी
पूर्व क्षितिज नियाल्दै
बिहानीलाई सोद्दोहो
खैत,तिमीसंगै परदेस गएको हाम्रो मुटु
तिमीले ऊसलाई कहाँ छोड्येउ?

घोरमा,नारीमा र पिप्चुंले भन्छ
यही बाटो हिड्थ्यो, ठुलो भरि बोक्थ्यो
पसिनामै भिज्थ्यो
ऊ त्यही चौतारीमा बिसाउँथ्यो
गाउँथ्यो ऊ हाम्रै गीत
जनता अनि देशको गीत
र गाउँथ्यो आफ्नै जिन्दगीको गीत

संधै तिर्खा मेटाउँन आउँथ्यो
पौडी खेल्थ्यो माछापनि मार्थ्यो
भन्छ छिरुवा,रिधुवा र लैकुपनि

शितल तापन आउंथ्यो यतै
लुकामारी खेल्थ्यौं हामि संगै
तर आज कहां छ ?
गाउँ छाडेको परदेशी
यस्तै-यस्तै प्रश्न शोद्छ
लुमारे,महाबीर र मलाठुम्की
आज हामीलाई

गाउँको केटाकेटीहरु
आँखा बिछ्याई रहेकाछन्
ऊस्कै बाटो हरुमा
सेताम्मे बुकी अनि
रक्ताम्मे लालीगुराँस
फ़ुलाइनै राखेकाछन्
त्यो धाराको बयसपनि
वस्नमग्न मुस्काई रहेकोछ
ऊसलाई स्वागत् गर्न
तर आज खै त ऊ
जसलाई हिज तिमीले संगै लागेको थियौ
हामीलाई ऊ चाहिन्छ

पश्चिम शन्ध्याको आवास संगै
फेरी भन्दोहोला
आब छिट्टै फर्काइदेउ घाम
हाम्रो मुटु
गाउँ छोडेको परदेशी
हाम्रो अनि युगको कथा
लेखाउनु छ ऊसलाई

Tuesday, March 16, 2010

यो दुई शब्द

संसारकै कुरूप बस्ति त्यो
जहाँ जन्मिन्छन् हिटलरहरु र
जन्माउछन् हिटलरहरुले
कयन् रोबोटहरु
हिटलर,
मैलो मुस्कान्,सफा अनुहारको
एक परिचीत नाम
जसको आदेशमा
परेड खेल्छन् रोबोटहरु र
सुन्दर बस्तिहरुमा बारुद छर्न जान्छन्
हिटलरको रिमोटको अन् बटनसंगै
हिटलर,
ऊ एक रिमोट मानब
ऊ सक्तिमान आफ्नो रिमोटको
अनि रोबोटहरुको
ठुलो हातछ ऊसको
त्यसैलेत कैदगर्न खोज्छ
सुन्दर बस्तीहरुलाई
आफ्नै मुट्ठी भित्रै
संबधान,
खोसिएलाहै रिमोट
पड्किएलाहै मुट्ठी भित्रै
अणुबमहरु र
भत्किएला आफ्नै घर दलान र आगनहरू
लहै,
समर्पण यो दुई शब्द
उहि ह्वाईटहाउसको सम्झनामा!!!

Tuesday, March 9, 2010

तिमी

आँशु पिई प्यास मेट्छौ खडेरीमा तिमी
धाउँछौ आखिर कस्कालागी पधेरिमा तिमी

बेदनाको बलेसित्यो बगेकाछन् आधारबाट
कति पोख्छौ बूँदहरु परेलीमा तिमी

नाम होइन धर्ती भन्ने उपनामछ तिम्रो
काट्छौ अझै कतिजुनी अँधेरीमा तिमी

बनायथ्यो सृसटीकर्ता प्रकृतिले तिमीलाई
रोप्छौ कति आँशुकाफूल मझेरीमा तिमी

त्यो संस्कारको दाहसंस्कार गर्नैपर्छ अब
युगलेभन्छ उठ नारी तयारीमा तिमी

Saturday, February 20, 2010

दुई हाइकु

एक,
कविको जन्म
बिम्बहरूको बर्षा
कविता मृत

दुई,
रुप न सार
रदिफ र काफिया
गजलकार

Thursday, February 18, 2010

बानान्यौ

बानान्यौ वैनिचि सिलीदा छाम्मातिरे
पुसिएकै झारासो इरिलुङ लाम्मातिरे

खैमो छूलै वाई-वाई पाङासौ बोखा रिङे
एन्यु खैनी हुलामामै ल्यावा चाम्मातिरे

उम्पा-उम्पा बुङा बाते सेला-सिसिमपाले
रोको कैचि लंलि लुइमा खारु ङल्मातिरे

खिया-सुङमै आबुलिम युङमा ओइना बाबै
सिरी-नाम्रि मातै ओइना आसो खिम्मातिरे

खैपाचि वा ख्लाक्यो वो इमो चुङदा
म्हैपा चि दे-दे पम्ये झारा खोम्मातिरे

Tuesday, February 2, 2010

मनपर्यो

हिमाल पाहाड अनि आफ्नै गाउँ मनपर्यो
पिडा बोल्ने न्याउलीको भाका मनपर्यो

आउंथे जालि सिमानाघि मित्रताको भेषमा
सिमानामा छापामार्ने डाका मनपर्यो

रातारातै लुतिदोथ्यो मोति कर्णालीको
समरहरु खटिएको नाका मनपर्यो

तिमी एक्लै छैनौ आज हातदिन्छौँ हामि
अघिबढ भन्ने बुढा पाका मनपर्यो

चाहिएन कालो कोट लुक्या हुन्छ खोट
बरु त्यहि फट्या दौरा लाका मनपर्यो

हातजोडी जानु छैन मलाई सिमा पारी
नाईलनभन्दा शिरमाखुल्ने ढाका मनपर्यो

ढोकाखोलि हृदयमै बसभन्छ बुढी आमा
उचोनिचो समान देख्ने आँखा मनपर्यो

Sunday, January 24, 2010

नारी अस्मिता


खोज्छन,बटुलछन् अक्षर हरु
लेख्छन र जोडछन् शब्द-शब्द
विचार पोखछन् कला भरछन्
विम्व प्रतिविम्वन खिचछन् यो ब्रह्माण्डको
र पोतछन् जिन्दागीको सुन्दर रङ्हरुले
याम अनि फूलहरु
जीवन अनि दर्सन
आकाश अनि धर्ती
भोग'भोगाईहरु
र मृत्यु
प्राकृतिक उपजको अन्त्य
बुझ्छन अति राम्रो छ कविता
तर बुझ्दैन महापुरुस नारी अस्मिता पनि हो

Sunday, January 17, 2010

लिउमा सिखालामा ।


लापाको सिमी
बुसीको हसुङदा
वाइ-वाइ चोमोलुङ्मा
खैमो बुसीको ङालुङ
आसो लिउमा तिरे खैनीवा
दुङवा ङालुङ लिउमा सिखालामा ।

खैमो खुइचुङदा
झारा खैपाची
पाम्मा छिमा ङालेङासे
झारा युङ्खादाका
म्हैपामो लिम धिम्मे
खैमो रामदा थुइद्यो
तित्खातित्खा मुमे
खैमो मिवोइ रामदा
हमा सायाचुङदा ख्लाक्यो
हमा खुमे सायाचुङ ढालो पामे
खुमै छाम्मासे
कोरो खाना
वाइ वाइ हिङ्के ।

काङा रिङुइ
आसो खाना
आझै छामसुङ तुर्मा तिरे
खामो सायाचुङदा
सोवा पुनी पाख्लाक्योस्
आझै त्याम्मा तिरे खाना
आसो खैमो बोखादा
खैपाचिमो हुई
स्विल्दिम्चिमा पाचाप्यो
त्योकॊ हुईवा
रिक्यो खैमो रामदा
ओत्यो खामो छुलै ।

खामो रिमादा
खाङु पाचाप्योस
त्योको मिचुदा
खामो नुङ्लाक्यामो
मुङ्छेमुमा हिङे ।

बरु खाना मामा पुसा
खामो नुङ्ला
खोल्मेमा पुसा
कोरो त्योदा
खामो मामा पालैमे ।

आले बखुमा रिङे
हुई पुनी रिङे
खैनीलै रिदिम्के
दबे रिङे ङासे
बुसीको ङालुङ
लिउमा तिरे
दुङवा ङालुङ
लिउमा सिखालामा ।

खुनि खैनी

खुनि झारा खैनी
एन्यु खै ए वैनि
झारा खैनी ओसोङाले
बुसिम्का हिङरोदुङ

खारु दिम ओडानी
ह्य़ामा खुरी खोडा
लासिदा वो निरुङखमा
ख्या-ख्या त्योकुङा

खोडा हिङे छेप्पा वा
चस्यान्च्येमो योप्तीपा
लाम्मा आसो खुप्सान्यौ
आसो ना रोदुंची

कोक्पा वा रिङे ङासे
खोडा लुस्यु मुन्धुम
बाते हमा योमा तिरे
एन्यु खै आ च्योदिम

लैमातिरे नि उम्मा
नाम ईमो धिम्मामो
छंमा तिरे लातिचिमो
आझै धालो चुङदा

Wednesday, January 13, 2010

कलम

तिमीले देखेउ ?
तिमीले चिनेउ ?
कतै भेटेउ तिमीले ?
ऊ एक निर्जीव,या भनौ नीसास
मानौ एक ठोस्,सानो छेस्का
देशभक्तको खोलओढी
देश बगाउँछन जो
जनप्रेमको भाषण गर्दै
जनहत्याको जाल बुन्छ
ति कर्तुतहरुको पर्दाफास लेख्छु भन्थ्यो
त सारा जनस्पन्दंको चित्कार लेख्छु भन्थ्यो
जीवन लेक्छु भन्थ्यो
ईतिहास लेख्छु भन्थ्यो
हो ऊ कलम
रात चिरी ल्याउने
रातो बिहानी लेख्छु भन्थ्यो
कता लाग्यो ऊ या
कता लगियो ऊसलाई
युगले खोज्दैछ र
म खोज्दैछु ऊसलाई

Friday, January 8, 2010

गाउँ रोयो अरे


झोला बोकी हिँड्दा म गाउँ रोयो अरे
जन्मिएर हुर्किएको ठाउँ रोयो अरे

गरिबीले डोर्याएर लादै थियो टाढा
नदी तर्दा धेरै चोटी नाउ रोयो अरे

नजिक आई एउटा खबर छाडी गयो कौवा
गाउँमा मेरो गुन्द्रुककोुनि भाउ रोयो अरे

पुस-माघको जाडो कठै शीत छल्नो छानो बिना
बच्चाहरुको विचल्लीमा माउ रोयो अरे

कयौं हिउँद काट्नु पर्दा एउटै फरियाले
मैले शिर झुकाएको पाउ रोयो अरे

फर्किनेछु बाँचे भने अर्को सालतिर
यस्तो चिठी पढ्दा हजुर वाउ रोयो अरे

Tuesday, January 5, 2010

ज्यूँदा भूत


ज्यूँदा भूत हरुको नगर भो यो
जीवन-मूल्य हुन्न यहाँ
छैन अस्तित्वो जिउनेहरुको
जन्मिदैन कुनै मान्छे यहाँ?
यो पिसाच्को नगर भो
जन्मिन्छ त यहाँ
तिनै भूतका भ्रुण हरु
अनि रगतको होलि खेल्छन
मानसपटल डसछन्
हो हजारौंलाई डसीसकेकाछन्
ति भूत हरुले
सौख छत केवल स्वार्थ पूरा गर्ने
र आफ्नै पेट भर्ने
छैन तिनीहरुको मुटु-धड्कन
पत्थरले भरिएको छ मन मस्तिक
बस्दैनन् कुनै मान्छे यहाँ?
जताततै तटहरु छन्
चिता हरु छ
र छन् लासका थूप्राहरु
भूलोक भो यो
भेटिदैन मानिसको पाइला कतै
भेटिन्छ त मात्र
दरिद्र भूत हरु; ज्यूदा भूतहरू

जन्मिनु पर्छ अब
ज्यूँदा मान्छे यहाँ
जन्मईनु पर्छ
ती भूतहरु मर्नु पर्छ
अब मारिनु पर्छ
ज्यूँदा भूत हरुको नगर भो यो

Monday, January 4, 2010

देखाउन सक्छ ऊ

आफ्नै छाती चिरी देखाउन सक्छ ऊ
इतीहास अर्कै लेखाउन सक्छ ऊ

को-को आउँछ हेरौं आब होड गर्न
आफ्नै मुटु झिकी सेकाउन सक्छ ऊ

समयले राखिदियो टिपेक्स नाम उसको
हैकम कालो शब्द मेटाउन सक्छ ऊ

ऊ त बलवान वनिसक्यो तुफान
पक्कै अब जूनलाई भेटाउन सक्छ ऊ

झुपडीको हीतमा गाईनेछ जीत अब
समरलाई सारंगी रेटाउना सक्छ ऊ