Sunday, April 25, 2010

बिहानीलाई डाक

डाक ए युवाहरु बिहानीलाई डाक
बिहानिकै रङ्गहरु सजाएर राख

रगत र पसिनाले सिन्चेकाथे पाखाहरु
अधेरिमा रुदैछहै पुर्खाका ती आँखाहरु
सल्काइदेउ अँधेरीमा दीप लाख-लाख
बिहानिकै रङ्गहरु सजाएर राख


मौलायर दिन-दीनै तेजाबिती सुनहरु
अस्ताउँदै गयकोछ समताको जूनहरु
हिस्सा फिर्ता लिनुछ लौ जाग-तिमी जाग
बिहानिकै रङ्गहरु सजाएर राख

Wednesday, April 21, 2010

कुनै छेउ

भूगोलको कुनै छेउ एक मेरो देस
नेपालीहुँ दौरा-सुरुवाल टोपी मेरो भेस

चुल्ठोभरि फुलाउँछन् दिदी लालीगुराँस
चौबन्दीमा खुलाउँछन् नाकबेली केस

भिर पाखा पखेरिमा हिमालको छायाँ
त्यहि पाखाको मायाँ लौ लाग्छ अनिमेस

बनाउनु छ बाटो यहि डोर्याउनुछ जीवन
डटछु खट्छु यहिँ मत लागेपनि ठेस

दसै नंग्रा खियाएर उर्बराउँछु माटो मत
सिस्नु साग खोले-फाडो लाग्छ सारै बेस

Monday, April 12, 2010

पुज्य बरपीपल

असार साउनमा सर्बांग भिजेर
पुस-माघको सितलहरमा कथंग्रींदै
चैतको हुरीमा लछारिंदै-पछारिंदै
भोगाईको उकालीमा
मात्र आकाश ओढेर
तीनबिस हिउद चढिसकेका छन्
मेरो पुज्य बरपीपल
आज भालेको पहरसंगै उठी
पूर्व क्षितिज नियाल्दै
बिहानीलाई सोद्दोहो
खैत,तिमीसंगै परदेस गएको हाम्रो मुटु
तिमीले ऊसलाई कहाँ छोड्येउ?

घोरमा,नारीमा र पिप्चुंले भन्छ
यही बाटो हिड्थ्यो, ठुलो भरि बोक्थ्यो
पसिनामै भिज्थ्यो
ऊ त्यही चौतारीमा बिसाउँथ्यो
गाउँथ्यो ऊ हाम्रै गीत
जनता अनि देशको गीत
र गाउँथ्यो आफ्नै जिन्दगीको गीत

संधै तिर्खा मेटाउँन आउँथ्यो
पौडी खेल्थ्यो माछापनि मार्थ्यो
भन्छ छिरुवा,रिधुवा र लैकुपनि

शितल तापन आउंथ्यो यतै
लुकामारी खेल्थ्यौं हामि संगै
तर आज कहां छ ?
गाउँ छाडेको परदेशी
यस्तै-यस्तै प्रश्न शोद्छ
लुमारे,महाबीर र मलाठुम्की
आज हामीलाई

गाउँको केटाकेटीहरु
आँखा बिछ्याई रहेकाछन्
ऊस्कै बाटो हरुमा
सेताम्मे बुकी अनि
रक्ताम्मे लालीगुराँस
फ़ुलाइनै राखेकाछन्
त्यो धाराको बयसपनि
वस्नमग्न मुस्काई रहेकोछ
ऊसलाई स्वागत् गर्न
तर आज खै त ऊ
जसलाई हिज तिमीले संगै लागेको थियौ
हामीलाई ऊ चाहिन्छ

पश्चिम शन्ध्याको आवास संगै
फेरी भन्दोहोला
आब छिट्टै फर्काइदेउ घाम
हाम्रो मुटु
गाउँ छोडेको परदेशी
हाम्रो अनि युगको कथा
लेखाउनु छ ऊसलाई