Monday, January 24, 2011

आधुनिक चङ्गा


जहाँ खस्यो त्यो चङ्गा
उथल-पुथल पार्यो धर्ती
जहाँ खस्यो त्यो चङ्गा
तहस-नहस बनायो जीवन

हाहाकार फैलायो जताततै |

नंगीय भिएतनाम
सर्बांगिए ईराक,त
बिचलित छ आज
उफ्गानिस्तान पनि
त्येही चङ्गा खस्दा

ह्वाईट हाउस,
यौटा प्रख्यात नाम
त्यो आधुनिक चङ्गा
सधैँ त्याहीं बाट उडाईन्छ|

Monday, January 10, 2011

उठ

यो देशलाई माया गर्नेहरु उठ
फेरी माटो निम्ती मर्नेहरु उठ

प्रभातको लाली उदायो क्षितिजमा
बिहानीको रङ्ग भर्नेहरू उठ

सहादत छ जीबन भन्थेउ तिमीपनि
सिमानामा रातो कोर्नेहरु उठ

हिमाल पहाड तराई हुन्ना कै पराई
चेतनाको ज्योति छर्नेहरु उठ

उर्लिदोछ त्यहाँ भेल दमनको
हात जोडी सागर तर्नेहरु उठ

जलाउनैछ बाकि भण्डार अराजकको
ज्वालाबनि अघि सर्नेहरु उठ