Thursday, September 27, 2012

गयो गिन्दगी


सपना जस्तै आएर गयो जिन्दगी
हजार ठकर खयर गयो जिन्दगी

खोज्थे सुनको बिहान यी नानीहरु
व्यर्थै दुख पायर गयो  गिन्दगी

थाके कति लडे जीवन संघर्ष मा
प्यासी ओठ बाएर गयो जिन्दगी

के भरोसा थियो आखिर बैसासित
झुटो माया लायर गयो गिन्दगी

Friday, August 17, 2012

आदीबासी

तयामाको देशमा
जून फुलाई केशमा
खुल्दछ किराती
आदीबासी
जीलो थलो  छ जहाँ
पुर्खाले छाडी गयको
रछ हाम्रो जिन्दगानी यो फुलेको
बिहानी ल्याउने देशमा आफ्नै भाषा भेषमा
ज्यूछ किराती
आदीबासी
जीबन भयर हींय-कहीं छ फुलेको
बोल्छ प्रतिबिम्ब यही माटोमा मिलेको
फूलहरुको देशमा
हुन्छ मालीको भेषमा
ऊ किराती
आदीबासी 
 

चमेली

चमेली ओ चमेली
कहॉं फुल्छौ आजभोली

छैन सुगन्ध यता हिजोआज
पुर्यायौ कता वास्नाको झोली

खोजुं काहॉं कुन बगैंचामा
पारी गयौकि तरेर खोली

कुरिरहछ नानी तिमीलाई 
आउ तिमी आउ प्रित खोली

Sunday, August 5, 2012

किन

म जन्दिन आशु सुकायौ खै किन
र जान्दिन जीवन दुखायौ खै किन

ए फूल तिमी फुलेपो बसन्त
बैसालु त्यो रहर लुकायौ खै किन

खैत चादनी त्यो अचेल चांदमा
अनायासै शिर झुकायौ खै किन

समय संग होड गर्छु भन्थ्यौ संधै
तर आज मौका चुकायौ खै किन

थियो वाचा तिम्रो विजयको ताज
नपुग्दैमा रण फुकायौ खै किन 

जिन्दगी

सजायथें सुन्दर सपनाको झोली
हरायछ पलमै जिन्दगी बिथोली

सोचें मैले जहाँ ठाटी गन्तव्यको
खेलिदोथ्यो त्यहा रगतको होली

भाषामात सधैं बाडथे समानता
तर मुटु रेटयो मिठो बोलि-बोलि

लुटीयछु पर्दा भर मिठो बचनको
दुखेकोछ जीवन पश्चातापमा जाली

को बुझ्दथ्यो बरै कथा बिपतीको
खोजी रेछु स्वप्न ब्युझाउने भोली

Tuesday, July 24, 2012

आदीवासी फूल


फुल्दोछ याम संगै
जन्मेर घाम संगै
उ आदीवासी फूल

न मेटिनछ मेटाई इतिहास सिंगो
न छोपिन्छ छोपी पहिचान उसको
युग देखि युग सम्म फुलीरहन्छ
आदीवासी फूल

फुल्दछ उ आफ्नै देशमा परिवेसमा
फुलीरहन्छ जुनी-जुनी उपवनमा
मुस्कान मग्न भर्दै जगतमा
उ आदीवासी फूल

पर्ख प्रतिवादी


झिसमिसेको आगमन संगै
सुस्तरी हावाको सुस्केराहारुमा
सु-सन्देशको खामहारु आउँछन  भन्थें
सेता परेवाहरुले  सन्देश सुनाउछ भन्थें
घरको धुरी-धुरी बाट, बिडम्बना
दुस्मन चिल्हारू लुकिचिपीका रहेछन
घर वरि-परिको रुखहरुमा पन्जा फिजयारा.
नयाँ बसन्त संगै नयाँ पालुवाहरु
फेरिर्नु पर्थ्यो नयाँ जीवन लियर
उही पुरानो पातहरु नाचीरहेछन
प्रत्यक बोटहरुमा, हाँगाहरुमा
त्यो क्षितिजको मधुरो दृश्य जस्तो
यी धमिलो दिनहरु बदलिनु पर्थ्यो
संग्लो-निलो आकाश भयर.
तिनै पत्करहरुले छोपिरहेछ्न
यात्रा-तत्र जता ततै
पर्ख प्रतिवादी
बनिदैछ बैचारिक गुलेली
पसिनाको थोपा-थोपा मिलेर
रगतको होलीमा रंगियारा
प्रत्यक तिरहरुमा उनिनेछौ चिलहरु
मुक्त हुनेछन परेवाहरु
बर्सीनेछ परिवर्तनको भिषण बर्षा
झर्नेछन पुरानो पातहरु
बगेर किनार लाग्नेछ
सबै पत्करहरु.
अनि आउनेछन सेता परेवाहरु
र गाउँनेछन सु-सन्देशको नयाँ गीत
सबैको घरको धुरी-धुरीमा  

Thursday, July 12, 2012

"माफ गर

"माफ गर बाबु मेरो काखमा अटाएनौ तिमी, 

एकैछिन,आयौ आँखामा स्वप्न बनी
हसायौ केहि छिन,रुवायौ धेरै दिन 
गहिरो घाउ लगायर गयौ 

"माफ गर, तिमीलाई संसार चिनाउन सकिन"  

किनार लग्यो यी रहरहरु
तोते बोलि सुन्ने आमा भन्ने  
साँझ पाख, हात समाई जून देखाउने 

'माफ गर बाबु तिमीलाई जीवन दिन सकिन"

बेचैनमा घरि-घरि छामछु खाली काख 
बेहोसिमै पछार्छु खालि रित्तो हात 
बेदनाले,काट्यो मुटु मलम कसरि लगाउने 

   

Wednesday, June 27, 2012

भो नगरौं

भो नगरौं त्यो रहरका कुरा
सपना बिथोल्ने प्रहरका कुरा

दिनदहाडै जो लुटीरहेछ जीवन
भो नगरौं त्यो शहरका कुरा

डसिरहेछ मान्छेले मान्छे त्यहाँ 
भो नगरौं त्यो लहरका कुरा

बदलिनु पर्छ जाली यो दुनिया
भो नगरौं त्यो जहरका कुरा  

Thursday, June 14, 2012

सुरु भाको छ

सुन नौलो खेल सुरु भाको छ
फेरी जल-झेल सुरु भाको छ

भन्थें शोषण किनार लागिसक्यो
दमनको भेल सुरु भाको छ

झार्न खोज्छन यी सस्थाको फूल
त्यो आंधी अचेल सुरु भाको छ

पार्नलाई जनहरु फेरी पिजडामा
त्यहाँ ठेलम-ठेल सुरु भाको छ

फेरी मुट्ठी उठाऊ ए योद्धा हरु
सासकको मेल सुरु भाको छ  
 

Friday, June 8, 2012

अप्रिय साँझ

कथा पुरानो भईसक्यो
समय धेरै बितीसक्यो
तर,बेखबर छ ऊ
दिन ढल्यो रात गल्यो
औला भाचीरहेछन
जनहरु र भन्छन
खै त मनुज?
अनुत्तरित छन् ई सवालहरु
आमा आधार भिजाएर साँझ-विहान
एकमुठी आश साँचीरहेकिछिन
भनिन्छ कुनै साँझमा
हरायथ्यो ऊ
कहाँ-कहाँ खोजिएन उसलाई
न कुनै प्रतिविम्व छ उसको
छ त मात्र सम्झना
मनुज ऊ एक मानव
भन्थ्यो ऊ
धेरै जान्दिन झुट मान्दिन
चढाउँछु शिर कायर वन्दिन
मुक्ती पाउनुछ सर्वहाराले
हो त्यो साँझ
पक्षपाती थियो
जनघाती थियो
आज खोजिरहेछ युगले उसलाई
खोजि रहेछ...

Tuesday, May 29, 2012

सरकार लाई


रातनै छ दीन पनि खैत घाम लागेको
भन्यौ ज्यानै दियो खैत काम लागेको

खालीनै छन् पेट अझै नांगैछ आङ् पनि
छ त मात्र  लडाईमा यी डाम लागेको

भन्यौ मुक्ती युद्ध त्यहाँ हाजिर भयकैथ्यो
फ़र्किएन जन रणभुमीमा लाम लागेको

लैजाऊ फिर्ता तिमिलेनै दिएको यो उपमा
तिम्रै कारण आतंकी यो नाम लागेको

सायद पुरा भयो होला तिम्रो त स्वार्थ
आलैछ हो घाउ गोली थाम-थाम लागेको

Friday, May 11, 2012

तिमी छौ कहाँ

खोज्दै थियो घाम तिमीलाई बिहानीमा
सोधधै थियो जून पनी गोधुलिमा
भन न तिमी छौ कहाँ

रातले भन्थ्यो बेदनाका गीता सुनाउनुछ
दिन भन्थ्यो दुखेका यी ब्यथा पोखाउनुछ
हवालेनी खोजिरहेछ उडी आकाशमा
बदल्लेनी कुरीरहेछ परि क्षितिजमा
भन न तिमी छौ कहाँ

युगले भन्छ धर्ती-आकाश तिमी फेरिदेउ
माटो भन्छ कायापलट यहाँ गरिदेउ
ताराहरूले डाकीरहेथ्यो शुन्य आकाशमा
छालहरुले खोजी हिड्थ्यो अल्झी किनारमा
भन न तिमी छौ कहाँ        

Tuesday, January 3, 2012

जीवन भन्दा प्यारो


छारनुछ लाली हटाई अँधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो

बोलाउछ खोला झर्ना संगै रमुं
तिनै पहाड टेकी म गगन चुमुं
कहीं ढुंगे धारा कहीं छ पधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो

बसेको छ त्यहीं मेरो तन-मन
खसेको छ त्यहीं मेरो बालापन
म बगाउँ त्यहीं पसिनाको धारो
मलाई मेरो देश जीवन भन्दा प्यारो

लेक-बेसी ठाँटी पहाड छ छाती
मुस्काउछ हिमाल मेरै शीरमाथि
नझुक्छ कहिले सगरमाथा मेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो