
छरिनुछ लाली हटी यी अँधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो
बोलाउछ खोला झर्ना संगै रमुं
तिनै पहाड टेकी म गगन चुमुं
कहीं ढुंगे धारा कहीं छ पधेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो
बसेको छ त्यहीं मेरो तन-मन
खसेको छ त्यहीं मेरो बालापन
म बगाउँ त्यहीं पसिनाको धारो
मलाई मेरो देश जीवन भन्दा प्यारो
लेक-बेसी ठाँटी पहाड छ छाती
मुस्काउछ हिमाल मेरै शीरमाथि
नझुक्छ कहिले सगरमाथा मेरो
मलाई मेरो देश जीवन भन्दा प्यारो
0 comments:
Post a Comment