Tuesday, July 24, 2012

आदीवासी फूल


फुल्दोछ याम संगै
जन्मेर घाम संगै
उ आदीवासी फूल

न मेटिनछ मेटाई इतिहास सिंगो
न छोपिन्छ छोपी पहिचान उसको
युग देखि युग सम्म फुलीरहन्छ
आदीवासी फूल

फुल्दछ उ आफ्नै देशमा परिवेसमा
फुलीरहन्छ जुनी-जुनी उपवनमा
मुस्कान मग्न भर्दै जगतमा
उ आदीवासी फूल

पर्ख प्रतिवादी


झिसमिसेको आगमन संगै
सुस्तरी हावाको सुस्केराहारुमा
सु-सन्देशको खामहारु आउँछन  भन्थें
सेता परेवाहरुले  सन्देश सुनाउछ भन्थें
घरको धुरी-धुरी बाट, बिडम्बना
दुस्मन चिल्हारू लुकिचिपीका रहेछन
घर वरि-परिको रुखहरुमा पन्जा फिजयारा.
नयाँ बसन्त संगै नयाँ पालुवाहरु
फेरिर्नु पर्थ्यो नयाँ जीवन लियर
उही पुरानो पातहरु नाचीरहेछन
प्रत्यक बोटहरुमा, हाँगाहरुमा
त्यो क्षितिजको मधुरो दृश्य जस्तो
यी धमिलो दिनहरु बदलिनु पर्थ्यो
संग्लो-निलो आकाश भयर.
तिनै पत्करहरुले छोपिरहेछ्न
यात्रा-तत्र जता ततै
पर्ख प्रतिवादी
बनिदैछ बैचारिक गुलेली
पसिनाको थोपा-थोपा मिलेर
रगतको होलीमा रंगियारा
प्रत्यक तिरहरुमा उनिनेछौ चिलहरु
मुक्त हुनेछन परेवाहरु
बर्सीनेछ परिवर्तनको भिषण बर्षा
झर्नेछन पुरानो पातहरु
बगेर किनार लाग्नेछ
सबै पत्करहरु.
अनि आउनेछन सेता परेवाहरु
र गाउँनेछन सु-सन्देशको नयाँ गीत
सबैको घरको धुरी-धुरीमा  

Thursday, July 12, 2012

"माफ गर

"माफ गर बाबु मेरो काखमा अटाएनौ तिमी, 

एकैछिन,आयौ आँखामा स्वप्न बनी
हसायौ केहि छिन,रुवायौ धेरै दिन 
गहिरो घाउ लगायर गयौ 

"माफ गर, तिमीलाई संसार चिनाउन सकिन"  

किनार लग्यो यी रहरहरु
तोते बोलि सुन्ने आमा भन्ने  
साँझ पाख, हात समाई जून देखाउने 

'माफ गर बाबु तिमीलाई जीवन दिन सकिन"

बेचैनमा घरि-घरि छामछु खाली काख 
बेहोसिमै पछार्छु खालि रित्तो हात 
बेदनाले,काट्यो मुटु मलम कसरि लगाउने