Friday, August 17, 2012

आदीबासी

तयामाको देशमा
जून फुलाई केशमा
खुल्दछ किराती
आदीबासी
जीलो थलो  छ जहाँ
पुर्खाले छाडी गयको
रछ हाम्रो जिन्दगानी यो फुलेको
बिहानी ल्याउने देशमा आफ्नै भाषा भेषमा
ज्यूछ किराती
आदीबासी
जीबन भयर हींय-कहीं छ फुलेको
बोल्छ प्रतिबिम्ब यही माटोमा मिलेको
फूलहरुको देशमा
हुन्छ मालीको भेषमा
ऊ किराती
आदीबासी 
 

चमेली

चमेली ओ चमेली
कहॉं फुल्छौ आजभोली

छैन सुगन्ध यता हिजोआज
पुर्यायौ कता वास्नाको झोली

खोजुं काहॉं कुन बगैंचामा
पारी गयौकि तरेर खोली

कुरिरहछ नानी तिमीलाई 
आउ तिमी आउ प्रित खोली

Sunday, August 5, 2012

किन

म जन्दिन आशु सुकायौ खै किन
र जान्दिन जीवन दुखायौ खै किन

ए फूल तिमी फुलेपो बसन्त
बैसालु त्यो रहर लुकायौ खै किन

खैत चादनी त्यो अचेल चांदमा
अनायासै शिर झुकायौ खै किन

समय संग होड गर्छु भन्थ्यौ संधै
तर आज मौका चुकायौ खै किन

थियो वाचा तिम्रो विजयको ताज
नपुग्दैमा रण फुकायौ खै किन 

जिन्दगी

सजायथें सुन्दर सपनाको झोली
हरायछ पलमै जिन्दगी बिथोली

सोचें मैले जहाँ ठाटी गन्तव्यको
खेलिदोथ्यो त्यहा रगतको होली

भाषामात सधैं बाडथे समानता
तर मुटु रेटयो मिठो बोलि-बोलि

लुटीयछु पर्दा भर मिठो बचनको
दुखेकोछ जीवन पश्चातापमा जाली

को बुझ्दथ्यो बरै कथा बिपतीको
खोजी रेछु स्वप्न ब्युझाउने भोली